नेभिगेशन
अन्य

दशदिनपछि वीरेन्द्र क्याम्पस खुल्यो, क्याम्पस प्रमुखको राजीनामा फिर्ता

रत्ननगर । दश दिनदेखि ठप्प बनेको चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस आजबाट सञ्चालनमा आएको छ । विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीचको विवादका कारण ठप्प बनेको क्याम्पस सहमतिपछि आजबाट सञ्चालनमा आएको क्याम्पस प्रशासनले जनाएको छ । वीरेन्द्र क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले कारागारभित्रै आक्रमणमा परी मारिएका शिव पौडेलको स्मृतिमा सरस्वतीको मन्दिर बनाएपछि उत्पन्न विवादका कारण क्याम्पसका सबै गतिविधि बन्द भएको हो । बिहीबार भएको वार्ताले आजदेखि सबै क्रियाकलाप सञ्चालन गर्ने र क्याम्पस प्रमुखसहितले दिएको राजीनामा फिर्ता लिने सहमति भएको हो । विभिन्न व्यक्तिको नाममा जबर्जस्ती मूर्तिलगायत भौतिक संरचना बनाउने क्रम बढ्न थालेको भन्दै क्याम्पस प्रमुखसहित छ जनाले राजीनामा दिएका थिए । सरस्वती पूजाको दिनमा उक्त मन्दिर अज्ञात समूहले भत्काइदिएको थियो । त्यसपछि वीरेन्द्र बहुमुखी क्याम्पस नेविसंघ एकाइ समितिले क्याम्पस प्रशासनले मन्दिर भत्काएको भन्दै आन्दोलन सुरु गरेपछि १० दिनदेखि क्याम्पस बन्द हुन पुगेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै