नेभिगेशन
अन्य

सीमास्तम्भको मर्मत कार्य फागुनबाट सुरु

विराटनगर । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमास्तम्भको मर्मत तथा सम्भार कार्य आउँदो फागुन ११ गतेबाट सुरु हुने भएको छ । नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रशासनिक र नापी विभागका अधिकारीसहितको बिहीबार विराटनगरमा बसेको बैठकले सुनसरी जिल्लास्थित २११÷१ सीमास्तम्भबाट मर्मतको कार्य सुरु गर्ने सहमति गरेको हो । उक्त बैठकले झापाका ११८ किलोमिटर, मोरङको ५३ किलोमिटर र सुनसरीका ६३ किलोमिटर गरी २४३ किलोमिटर क्षेत्रका सीमास्तम्भमध्ये हराएका सीमास्तम्भको ठाउँमा नयाँ सीमास्तम्भको स्थापना, क्षतिग्रस्त सीमास्तम्भको मर्मतका साथै दसगज्जा क्षेत्रमा निर्माण गरिएका घरटहरा र खनजोत गरिएका जग्गाको तथ्याङक संकलनसमेत गर्ने नेपाली प्रशासनिक टोली प्रमुख तथा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए । उक्त टोलीमा नेपालतर्फबाट नापी अधिकृत सुशील डंगोलसहित नौ सदस्यीय टोली र सोही संख्याको भारतीय टोलीले संयुक्तरुपमा काम गर्नेछ । सो कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नापी अधिकृत डंगोलले जानकारी गराए । नेपालका तर्फबाट मोरङको प्रजिअ गणेशराज कार्कीको नेतृत्वमा बसेको बैठकमा झापा र सुनसरीका प्रजिअसहित नापी, वन, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका पदाधिकारीको सहभागिता थियो भने भारत अररियाका जिल्ला पदाधिकारी नरेन्द्रकुमार सिंह, सुपौंलका सहायक जिल्ला अधिकारी कुमारअरुण प्रकाश र किसनगन्जका पदाधिकारीसहित ती जिल्लाका वन, नापीका साथै सीमासुरक्षा बल र प्रहरी प्रमुखको सहभागिता थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै