नेभिगेशन
अन्य

ग्यास पाउन अझै डेढ साता कुर्नुपर्ने

काठमाडौं । उपभोक्ताले सहज रूपमा ग्यास पाउन अझै डेढ साता कुर्नुपर्ने भएको छ। नेपाल आयल निगमले गत आइतबारदेखि आवश्यकभन्दा बढी परिमाणमा ग्यास भित्र्याउन सुरु गरे पनि उपभोक्ताको आवश्यकता तत्काल पूरा नहुने भएको छ। नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले ग्यासको अभाव अबको डेढ सातापछि मात्र पूर्ण रूपमा समाधान हुने जानकारी दिए। उनका अनुसार गत सातादेखि भारतीय आयल कर्पोरेसनका मथुरा, कर्णाल, हल्दिया र बरौनी प्रशोधन केन्द्रबाट दैनिक ८० बुलेटको हाराहारीमा ग्यास नेपाल भित्रिँदै आएको छ। एक बुलेटमा करिब १८ मेट्रिक टन ग्यास एक हजार दुई सय ६५ वटा सिलिन्डर हुन्छ। ८० बुलेटबाट एक लाख एक हजार दुई सय सिलिन्डर तयार हुन्छ। सामान्य अवस्थामा भने ४५ देखि ५० बुलेट मात्रै निगमले ग्यास आयात गर्दै आएको थियो। भारतबाट बुलेट भित्रन, सिलिन्डरमा भर्न, भरिएका सिलिन्डर उद्योग हुँदै डिलरमार्फत उपभोक्ताको कोठासम्म पुग्न करिब १० दिनजति लाग्छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै