नेभिगेशन
अन्य

सरकारी अस्पतालमा डाक्टर टिकाउन आकर्षक भत्ता र सुविधा

काठमाडौं । सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले अब निजी अस्पतालमा प्राक्टिस गर्न नपाउने भएका छन् । निजी अस्पतालमा बढी समय दिएर सरकारी अस्पतालमा आएका बिरामीलाई चिकित्सकले समय नदिएको गुनासो बढ्दै गएपछि त्यसलाई रोक्न सरकारले नयाँ व्यवस्था गर्न लागेको हो ।जसअनुसार सरकारी चिकित्सकलाई दुई सय प्रतिशतसम्म थप भत्ता उपलब्ध गराउने र अस्पतालमै पेइङ क्लिनिक सञ्चालन गर्न दिएर निजीमा जाने बाटो रोक्ने तयारी गरेको छ । सरकारले अस्पताल विस्तारित कार्यक्रम तथा ननप्राक्टिस एलाउन्स सम्बन्धी कार्यविधि बनाएर चिकित्सकहरुलाई सरकारी अस्पतालमै पूर्ण रुपले काममा लगाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका निर्देशक डा। गुणराज लोहनीले चिकित्सकको कार्यक्षमता र कार्यक्षेत्र हेरी निजी अस्पतालमा नजाने चिकित्सकलाई एक सयदेखि दुई सय प्रतिशतसम्म ननप्राक्टिस भत्ता उपलब्ध गराउने गरी कार्यविधि तयार गरिएको जानकारी दिए ।राजधानी दैनिकमा खबर
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै