नेभिगेशन
अन्य

एनजिओमाथि काठमाडौं प्रशासनको विशेष निगरानी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएर काम गरिरहेका सबै गैरसरकारी संस्था एनजीओ माथि निगरानी थालिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्था सूचना प्रणाली सफ्टवेयर विकास गरी सबै गैरसरकारी संस्थाका बारेमा कडा निगरानी र अनुगमन गर्न थालेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले संस्था सूचना प्रणालीमार्फत गैरसरकारी संस्थाका बारेमा निगरानी र अनुगमन थालिएको जानकारी दिए । दर्ता भएर लामो समयदेखि काम गरिरहेका, तर नियमअनुसार प्रशासन कार्यालयमा नवीकरण नगरेका गैरसरकारी संस्थाका बारेमा अनुगमन थालिएको अर्यालले बताए । जिल्ला प्रशासन कार्यालयले अब संस्था दर्तादेखि नवीकरण, प्रमाणपत्र र विधानसमेत सूचना प्रमाणलीमा समावेश गर्ने गरी सफ्टवेयर सञ्चालनमा ल्याएको छ । संस्था दर्ता शाखाका नायव सुव्बा शिवप्रसाद गौतमले अब जुनसुकै संस्थाको जानकारी कम्प्युटरबाट पत्ता लगाउन सकिने र अनुगमन गर्नसमेत सहज हुने जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै