नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच टेलिफोन वार्ता

काठमाडौ । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान टेलिफोनमा कुराकानी भएको छ । कोइरालाले दाहाललाई आफै टेलिफोन गरी वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने प्रस्ताव गरे । आन्दोलनमा तयारीमा लागेका दाहालले यही अवस्थामा वार्ता हुन नसक्ने भन्दै बिपक्षी मोर्चाले अघि सारेका शर्तबारे बिचार गर्न आग्रह गरे । बिपक्षीले संधिानसभासभामा बहुमतीय प्रक्रिया रोकेर सहमतिका आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता गर्न सत्तापक्षलाई आग्रह गरेका छन् । दाहालले वार्ताका लागि ठोस वातावरण बनाउन कोइरालालाई आग्रह गरेका थिए । ‘दुई नेताबीच टेलिफोनमा छोटो कुराकानी भयो, प्रगति भएन’ दाहाल निकट एक नेताले भने । गत शुक्रबार कोइराला वार्तामा बस्न आग्रह गदै दाहाल निवास पुगेका थिए । यो सहित दुई नेताबीच तीनपटक टेलिफोनमा कुराकानी भइसकेको छ । कोइरालासंगको टेलिफोनपछि दाहाल आन्दोलनको तयारीका लागि बिपक्षी दलको बैठकमा सिंहदबार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार कोइरालाले आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेका हुन । उनले संविधान निर्माणका विवादित बिषय सहमतिबाटै अघि बढाउन आफू दृढ रहेको समेत बताएका थिए । कांग्रेस प्रवक्ता दिलेन्द्र बडुका अनुसार प्रधानमन्त्री कोइरालाले टेलिफोन मार्फत बार्ताका लागि विपक्षी मोर्चालाई आव्हान गरेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै