नेभिगेशन
अन्य

२८ एसपीको सरुवा, ९ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौ । प्रहरी प्रधान कार्यालयले २८ जना प्रहरी उपरीक्षक(एसपी) को बिहीबार सरुवा गरेको छ । पछिल्लो सरुवामा सप्तरी, डोटी, बारा, बर्दिया, बाँके, कास्की, सुनसरी, मोरङ, झापा जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । केही जिल्लामा अवधि नपुग्दै प्रमुख फेरिएका हुन् । सप्तरीमा शिशिरकुमार कर्माचार्य, डोटीमा हिमबहादुर लामा, बारामा लोकेन्द्रबहादुर मल्ल, बर्दियामा गोविन्दराम परियार, बाँकेमा वसन्तकुमार पन्तले प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै कास्कीमा हरिबहादुर पाल, मोरङमा तारिणीप्रसाद लम्साल र झापामा रविन्द्रनाथ रेग्मीको सरुवा गरिएको छ । मोरङ र बारामा केहीअघि काजमा खटिएकालाई त्यहीँ सरुवा गरिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...