नेभिगेशन
अन्य

ओलीलाई मानसिक रोगी भन्नु गलत :श्रेष्ठ

काठमाडौ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी नेतृत्वको मोर्चाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मानसिक रोगी भन्नु गलत भएको टिप्पणी गरेका छन् । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले ओलीको अभिव्यक्तिलाई जवाफ दिने नाममा मोर्चाले गलत काम गरेको बताए । ‘केपी ओलीको अभिव्यक्ति गैर राजनीतिक द्वन्द्व बढाउने खालको थियोु, उनले भने,ुउनलाई जवाफ दिने नाममा मोर्चाले त्यसो गर्नु हुन्नथ्यो ।’ हिजो एमाओवादी नेतृत्वको मोर्चाले जारी गरेको विज्ञप्तीमा एमाले अध्यक्ष केपी ओलीलाई मानसिक रोगीको संज्ञा दिएको थियो । उनले अहिलेको गतिरोध अन्त्यको लागि मध्यमार्गी बाटो खोज्नुपर्ने बताए । त्यसका लागि कांग्रेस–एमालेबाट सहमतिमा संबिधान जारी गर्ने प्रतिबद्धता आउनुपर्ने उनको भनाई छ । ‘सहमतिमा संबिधान जारी गर्ने सत्तापक्षको प्रतिबद्धता आएपछि वार्ताको ढोका खुल्छु, उनले भने,–‘वार्ता गरेर सार्थक निश्कर्ष निकाल्ने कोसिस गर्नुपर्छ ।’ उनले अहिलेको स्थिति जति लम्बियो त्यति राजनीतिक उपलब्धी गुम्ने खतरा भएको धारणा राखे । आफ्नो नाराबाजीबीच पनि सत्तापक्षले संबिधान निर्माणको लागि बहुमतीय प्रक्रिया सुरु गरेपछि चिढिएको प्रतिपक्षी मोर्चा एमाले अध्यक्ष ओलीले १० अर्ब दिए एमाओवादीले संबिधान सभा चल्न दिन्छ भन्ने अभिव्यक्ति दिएपछि आक्रोशित भएको थियो । हिजो एमाओवादीसहित विपक्षी मोर्चाले जारी गरेको विज्ञप्तीमा ओलीको शारिरीक र मानसिक स्वास्थ्य बिग्रिएको भन्दै उपचार गराउन सरकारसँग माग गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्