नेभिगेशन
अन्य

विपक्षी मोर्चा सभासद्द्धारा २० हजार उठाउदै आन्दोलनमा

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल नेतृत्वको ३० मोर्चाले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । मोर्चाको बिहीबार बसेको बैठकले माघ २९ देखि फागुन ९ गतेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ । जस अनुसार माघ २९ गते देशभरका सार्वजनिक स्थानमा कालोझण्डा गाड्ने र २ गते मोर्चामा आवद्ध दलहरुको संयुक्त कार्यकर्ता भेला गर्ने छन् । भेलाका लागि संयोजक दाहालसहितका ३५ नेतालाई प्रशिक्षक तोकिएको मोर्चामा आवद्ध सभासद शिवलाल थापाले जानकारी दिए । दाहालले काठमाडौंमा, बाबुराम भट्टराईले नेपालगञ्जमा, नारायणकाजी श्रेष्ठले झापामा, उपेन्द्र यादवले बिराटनगरमा, विजय गच्छदारले राजविराजमा, महन्थ ठाकुरले भैरहवामा सम्बोधन गर्नेछन् । ३० दलले ३ गते देशभर जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ । फागुन ९ गते कालो पट्टी र ब्यानरसहित देशभर जनप्रदर्शन र विरोध सभा गरिने सभासद थापाले जनाए । यसैबीच ३० दलले पहिलो चरणको आन्दोलनको अन्तिम दिन १६ गते काठमाडौंमा आमसभा गर्नेछ । यसलाई विपक्षीले सत्तामा हमला नाम दिएको छ । ३० दलको बैठकमा दाहालले १६ गतेको प्रदर्शनमा २ लाख कार्यकर्ता सडकमा उतार्न आग्रह गरेका छन् । उनले एक लाख मानिस आफ्नो दलले ल्याउने भन्दै अन्यलाई आफ्नो हिस्साको जिम्मा लिन आग्रह गरे । देशभरबाट कार्यकर्तालाई राजधानीमा ल्याउने दाहालको प्रस्ताव छ । मोर्चाका नेताहरुले भने एउटा बस काठमाडौंमा ल्याउन ३५÷४० हजारसम्म पर्न सक्ने भन्दै काठमाडौं र आसपासका क्षेत्रबाट मात्र कार्यकर्ता ल्याउन सुझाव दिएका छन् । बैठकले आन्दोलनका लागि गठवन्धनमा आवद्ध दलहरुबाट रकम उठाउने निर्णय समेत गरेको छ । बैठकमा दाहालले नै आन्दोलनका लागि सबै पार्टीबाट रकम उठाउने प्रस्ताव राखेका थिए । नेताहरुका अनुुसार संविधानसभामा भएका दलहरुबाट एक सभासद बराबर २० हजार रकम उठाइनेछ । संविधानसभामा नभएका दलहरुलाई भने रकम नतोकिएको र स्वच्छाले दिने बताइएको छ । बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन मोर्चामा आवद्ध दलका ३५ शीर्ष नेतालाई कार्यकर्ता प्रशिक्षणका लागि जिल्ला खटाएको छ । माघ–२९ गते देशभर सार्वजनिक स्थानमा कालो झन्डा गाड्ने, फागुन–२ गते संयुक्त कार्यकर्ता भेला गर्ने, ३ गते देशभर जिल्ला प्रशासन घेराउ गर्ने र ९ गते देशभर कालो पट्टी र ब्यानर सहितको जनप्रदर्शनको कार्यक्रम तय गरेको मोर्चाका नेता प्रमेबहादुर सिंहले बताए । मुख्य स्थानमा कार्यकर्ता भेलालाई प्रशिक्षण दिन ३५ जना नेता तय गरिएको सिंहले जनाए । पहिलो चरणको प्रचारात्मक आन्दोलन अन्तर्गतकै यो थप कार्यक्रम हो भएको उनले बताए । पहिलो चरण अन्तर्गत फागुन १६ गते काठमाडौंमा विशाल जनप्रदर्शन तथा सभा गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा आन्दोलनका लागि करिब २९ लाख रुपैयाँ खर्च हुने मोर्चाको अनुमान छ । सबैभन्दा बढी खर्च पर्चा प्रकाशनमा हुनेछ । प्रमुख सचेतक पोखरेलका अनुसार पर्चा प्रकाशन गर्न करिब २५ लाख रुपैयाँ खर्च हुनेछ । यो रकम मध्ये १५ लाख रुपैयाँ मोर्चाको नेतृत्व गरिरहेको एमाओवादीले बेहोर्ने छ भने बाँकी रकम मोर्चाका अन्य दलले बेहोर्ने छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै