नेभिगेशन
अन्य

प्रश्नावली समितिको म्याद थप्दै संविधानसभा बैठक स्थगित

काठमाडौं । राप्रपा नेपालको नाराबाजीका वीच संविधानसभा बैठकमा प्रश्नावली निर्माण सम्वन्धी समितिको म्याद थप भएको छ । संविधानसभाको बिहीबार बसेको बैठकमा राप्रपा नेपालका सभासदहरुले प्रश्नावली समितिको विरोध गरे । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्न बनाउनु पर्ने माग गर्दै समिति बहिस्कार गरेका राप्रपा नेपालका सभासदहरुले संविधानसभामा नाराबाजी गरे । बैठकमा एमाओवादी, मधेसवादीसहितका विपक्षी दलका सभासदहरु भने अनुपस्थित थिए । राप्रपा नेपालका सभासदहरुको नाराबाजीका विच समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको म्याद थप सम्वन्धी प्रस्ताव पेश गरे । ४ दिन म्याद थप्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ । संविधानसभाको अर्को बैठक माघ २९ गतेका लागि बोलाइएको छ
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै