नेभिगेशन
अन्य

सरकारद्धारा १६ सहसचिवलाई सचिवमा बढुवा

काठमाडौं । सरकारले १६ सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुरेश आचार्य, शरदराज विस्ट, गजेन्द्र ठाकुर, राजन खनाल, नवराज भण्डारी, श्रीधर सापकोटा, लक्ष्मण मैनाली, रामकुमार आचार्य, दिनेशकुमार थपलिया, सुनिलकुमार मल्ल, खुमराज पुञ्जाली, टंकमणि शर्मा, ईश्वरीप्रसाद पौड्याल, रमेशकुमार शर्मा, विजय मल्लिक र प्रेमकुमार राईलाई सचिवमा बढुवा गरेको हो। बढुवामा पर्नेहरुमध्ये सुरेश, शरद र गजेन्द्र बरिष्ठताको आधारमा बढुवा भएका हुन् भने सिफारिसमा परेका ९ कामुमध्ये शंकर कोइराला भने बढुवामा परेनन् । बढुवामा परेका रामकुमार आचार्य एमाले नेता माधवकुमार नेपालका साला हुन्। लोकसेवा आयोगको सचिव बढुवा समितिले झण्डै महिनादिन अघि रिक्त १६ सचिव बढुवाका लागि ४२ सहसचिवको नाम सिफारिस गरेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै