नेभिगेशन
अन्य

बिपक्षी मोर्चामा संविधानसभा बैठक बहिष्कारका बिषयमा गम्भिर मतान्तर, मोर्चाको आकस्मिक बैठक बस्दै

काठमाडौं । संविधानसभा बहिष्कारका बिषयमा मतान्तर भएपछि एमाओवादी नेतृत्वको मोर्चाको बैठक बस्दैछ । मोर्चामा विषेश गरि मधेशी जनअधिकार फोरम लोकतान्त्रीले आज एक दिन मात्र संविधानसभा बहिष्कार गर्नुपर्ने बताएपछि मोर्चामा संविधानसभा बहिष्कारका विषयमा मतान्तर भएको हो । सोहि बिषय टुंगो लगाउनका लागि एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभाको बैठक अगावै बैठक बोलाएको छ । बिहान ११ वजेपछि एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने बैठकमा संविधानसभाको भविष्य के हुने र मोर्चाले के गर्ने भन्ने बारेमा निर्णय गर्न बताइएको छ । संविधानसभाको बैठक सुरु हुनुभन्दा अघि बस्ने बैठकमा संविधानसभाको बैठक आज एक दिनमात्र गर्ने कि सहमति नभइन्जेल गर्ने भन्ने विषयमा समेत टुंगो लगाउनेछ । एमाओवादी र केही मधेसवादीले संविधानसभाबाट सामहिक राजीनामा दिने बताए पनि विजय गच्छदार लगायतले यसको ठाडो अस्विकार गर्दै आएका छन् । संविधानसभा र मोर्चाको संविधानसभामा सत्तारुढ दलहरुले अगाडि बढाइरहेको अवस्थामा के भुमिका हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता प्रेमबहादुर सिंहले बताए । मोर्चाले संविधानसभाको आजको बैठक बहिस्कार गर्ने रणनीति लिने पनि उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै