नेभिगेशन
अन्य

नुवाकोटमा मिनिट्रक दुर्घटना, एकको मृत्यु

नुवाकोट । नुवाकोटको चारघरे गाँउ विकास समितिको बान्द्रेढुङ्गामा मिनिट्रक दुर्घटनाहुदाँ एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । खड्गभञ्याङ्गको जोगिडाँडाबाट कोदो लिएर बट्टारतर्फ आइरहेको बा ३ ख ६७५ नम्बरको मिनिट्रक बलुवाखानी नजिकै बान्द्रेढुङ्गामा बुधबार राति साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी चालक र्गोर्याङ गाविस वडा नम्बर ३ निग्लेनीका सुनिल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षका तामाङको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा ज्यान गएको हो । गाडी धनी समेत रहनुभएका तामाङलाई उपचारको लागि अस्पतालमा र्पुयाए लगत्तै मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । दुर्घटनामा परी घाइते हुनेमा गाडीका सहचालक र्गोयाङ गाविस वडा नम्बर ५ गल्फुका बाबु तामाङ र दाङसिङ गाविस वडा नम्बर ४ फर्सिकोटेका राजु तामाङ रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...