नेभिगेशन
अन्य

आइएस विरुद्ध कडा अभियान थाल्ने जोर्डनी राजाको भनाई

काठमाडौं । आफ्नो वायुसेनाका पाइलटको जिउदै जलाएर हत्या गरेको धार्मीक अतिवादी संगठन स्लामिक स्टेट (आइएस) विरुद्ध जोर्डनले कडा कारबाही अभियान थाल्ने भएको छ । जोर्डनका राजा अब्दुल्लाहले आइएसका अतिवादीहरुसँग कडा बदला लिइछाड्ने बताएका छन् । उनले आम जोर्डनबासीलाई धैर्यता अपनाउन पनि अपिल गरेका छन् । आफ्ना पाइलटको हत्या लगत्तै जोर्डनले अतिवादीका दुई कमाण्डरलाई फाँसि दिइसकेको छ । अब थप रणनीति बनाएर आइएसको अन्त्य गराएरै छाड्ने भन्दै राजा अब्दुल्लाहले त्यसकालागि तयार रहन आग्रह समेत गरेका छन् । उनले अतिवादका विरुद्ध लड्न आफुहरु सक्षम रहेपनि अहिलेसम्म धैर्यता अपनाएको र अब भने कडा रुपमा प्रस्तुत हुने बताए । पाइलटका बाबुकै अनुरोधमा अतिवादीका दुएई कार्यकर्तालाई फाँसि दिएको जोर्डनले आफ्ना देशका नाकाहरुमा कडा निगरानी थालीसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...