नेभिगेशन
अन्य

संविधानसभा बैठक बस्दै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । संविधानसभाको बैठक आज दिउसो बस्दैछ । बहुमतीय प्रक्रिया बिरुद्ध एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चा विरोधमा उत्रदै बहिष्कार गर्ने भएको छ भने राप्रपा नेपालले आजको संविधानसभामा बैठक भित्रै अवारोध गर्ने तायरी गरेको छ । राप्रपा नेपाल प्रश्नावली समितिको कार्यविधि प्रति असहमति जनाउदै संविधानसभा बिरोधमा उत्रेको हो । आज बस्ने संविधान सभाको बैठकमा उपसमितिले प्रश्न सहितको प्रस्ताव तयार पार्ने कार्य जारी रहेको भन्दै समितिलाई थप पाँच दिनको समय दिन अनुरोध गर्ने भएको छ । एमाओवादी नेतृत्वको मोर्चा र राप्रपा नेपाल उत्रिएपछि बिहिबार बस्ने बैठकका लागि प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ । यसअघि गरेको आक्रमण र तोडफोडपछि प्रहरी आफ्नो सुरक्षा बढाएको हो । माघ ५ राति सत्तपक्षले संविधानसभामा बहुमतीय प्रक्रिया अघि बढाउँदा असन्तुष्ट बनेका सभासदले तोडफोड गरेका थिए । त्यसपछि सतर्क बनेको प्रहरीले संविधान सभामा मर्यादा पालकको संख्या बढाएको हो । प्रहरी उपरीक्षकको नेतृत्वमा १ सय ५० दरबन्दीमा रहेको मर्यादा पालकको संख्या साढे ६ सय पुर्याइएको छ । त्यो अहिले पनि निरन्तर छ । तर ति मध्ये २ सय ५० जना ुब्याक फोर्सु का रुपमा रहनेछन्,संविधान सभा सुरक्षा स्रोतले बतायो। आज बस्ने संविधान सभाको बैठकमा कडा निगरानी राखिने भएको छ । संविधानसभा भवनभित्र खुर्सानीको धुलोसमेत पाइएपछि त्यस्ता सामग्री लैजान नदिन साढे १० बजेदेखि नै मर्यादा पालकहरु संविधानसभा भवन पुग्ने भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै