नेभिगेशन
अन्य

प्रश्नावली समितिकोको विरोधस्वरूप विहिवार मात्र संविधानसभा बैठक बहिष्कार:गच्छदार

बिराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभा बहिष्कार नगरेको बताएका छन्। सत्तापक्षका कारण सहमति बिथोलिएकाले पुनः सहमतिका लागि प्रश्नावली समितिकोको विरोधस्वरूप विहिवार एक दिनका लागि संविधानसभा बैठक बहिष्कार गरेको बताए। उनले अन्तरिम संविधानको मर्म र भावना र विस्तृत शान्ति सम्झौतालगायत विगतमा भएका सहमतिका आधारमा सत्तापक्ष अग्रसर हुनुपर्ने धारणा राख्नै सहमतिको लागि आफूहरू तयार भएको बताए। विराटनगरस्थित विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रश्नावली तयार गर्ने प्रस्ताव समितिले बहुमतका आधारमा काम अगाडि बढाएकाले द्वन्द्वको अवस्था उत्पन्न भएको उल्लेख गरे। संविधानसभा बहिष्कार गर्ने, भाग नलिने र राजीनामा गर्ने कार्य आफूहरूबाट हुन नसक्ने जनाउँदै उनले यस विषयमा आफूले आजै सम्पन्न १९ दलको बैठकमा धारणा राखेको र सहमतिका लागि सत्तापक्ष लचिलो हुनुपर्ने तथा विश्वासिलो आधार तयार भएपछि मात्र वार्ता हुनसक्ने बताए। उनले सत्तापक्ष र प्रतिपक्ष दुई ध्रुवमा रहेको अवस्थाका कारण राजनीतिक द्वन्द्व र मुठभेडको अवस्था सृजना भएमा मुलुक गृहयुद्धमा फस्ने सम्भावना देखिएकाले आफूले राखेको प्रस्तावलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने धारणा प्रकट गरेका थिए। एउटा सङ्घीय राज्यको राजधानी विराटनगर हुनुपर्ने उल्लेख गर्दै मुलुकमा ६ देखि नौ सङ्घीय राज्य निर्माण गर्ने विषयमा आफूहरु सहमत रहेको र यसलगायतका विषयमा ठूला दलबीच छलफल आवश्यक रहेको धारणा राखे। ‘एक मधेश एक प्रदेश सम्भव छैन । दुई प्रदेश पनि हुँदैन, अब तीन प्रदेश बनाउनुपर्छ’, गच्छदारले भने, ‘त्यसमध्ये एउटा प्रदेशको राजनधानी बिराटनगरलाई बनाइनुपर्छ ।’ शीर्षनेताको हठले विवाद भएपछि आफूले सबैलाई मान्य हुने गरी बिराटनगरलाई राजधानी बनाएर प्रदेशको बनाउन सुझाएको गच्छदारले बताए । बिराटनगर धार्मिक र राजनीतिक रुपमा पनि ऐतिहासिक भएकाले यसलाई मधेसका प्रदेशहरुको केन्द्र बनाइनुपर्ने उनको धारणा थियो । मधेसका प्रदेशको विषयमा अझै छलफल हुनुपर्ने पक्षमा आफू रहेको पनि उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै