नेभिगेशन
अन्य

प्रस्ताव समितिले पाँच दिन म्याद थप्न माग गर्ने

काठमाडौं । नयाँ संविधानका विवाद मतदानमार्फत टुंग्याउन प्रश्नावली तयार गर्न गठित प्रस्ताव निर्माण समितिले ५ दिन समय माग्ने भएको छ। प्रश्नावली बनाउन समय नपुगेको भन्दै समितिले आफ्नो म्याद अझै ५ दिन बढाइदिन माग गर्ने भएको हो। बुधबार बसेको समितिको बैठकले विहिवार बस्ने संविधान सभाको बैठकमा समय थप गर्न निर्णय गरेको समितिका सदस्य रमेश लेखकले जानकारी दिए। माघ ११ गते संविधानसभा बैठकले पहिलो बैठक बसेको पाँच दिनभित्र प्रश्नहरु तयार गर्ने गरी समिति गठन गरेको थियो। त्यो समयसीमा अपुग हुने देखिएपछि म्याद थप्ने भएको हो। यसैबीच उपसमितिको मंगलबार बैठकले प्रस्तुत गरेको प्रस्तावना, मौलिक अधिकार र संवैधानिक निकायबारे तयार पारेको प्रश्नहरु अनुमोदन गरेको छ। मंगलबारको बैठकले प्रस्तावना, संविधानको संशोधन र मौलिक हकबारे पार्टीहरुको अवधारणाका आधारमा प्रश्नहरु तयार पारेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै