नेभिगेशन
अन्य

महेश बस्नेतले युवासंघ अध्यक्ष छाडे

काठमाडौं । एमाले भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षबाट महेश बस्नेतले बिदा लिएका छन् । उनीसहित बरिष्ठ उपाध्यक्ष झपट रावलले पनि संगठनबाट बिदा लिए । बस्नेत उद्योग मन्त्री नियुक्त भएपछि युवा संघको कार्यवाहक जिम्मा निरु पाललाई दिएका थिए । उमेर हदबन्दीका कारण बस्नेतले अर्को कार्यकालका लागि नेतृत्व दाबी गर्न मिल्दैन थियो । युवा संघ विधानमा ४० वर्षे हदबन्दी तोकिएको छ । बस्नेत दुई पटक युवा संघ अध्यक्षमा निर्वाचित भएका थिए । संघको अध्यक्षमा कार्यवाहक अध्यक्ष निरु पाल चयन भएकी छन् । एमाले वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेकी उनी यसअघि उपाध्यक्ष थिइन् । स्थायी कमिटीको बुधबार बसेको बैठकले अध्यक्षमा निरु पाललाई चयन गर्दै पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । रिक्त दुई उपाध्यक्षमा कोषाध्यक्ष गोविन्द थापा र सचिव सरोजदिलु विश्वकर्मा बढुवा भएका छन् । कोषाध्यक्षमा कार्यालय विभाग प्रमुख माधव बास्तोला, अनेरास्ववियुको राजनीतिमा रहेका वचन सिंहलाई सचिव, र प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवाललाई स्थायी कमिटी सदस्य र कार्यालय विभाग प्रमुख बनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै