नेभिगेशन
अन्य

केपी ओलीको मानसिक सन्तुलन बिग्रेको भन्दै उपचारका लागि विपक्षीद्धारा सरकारसंग माग

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको विपक्षी गठबन्धनले संविधानसभा बैठक अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आरोप छानबिन गर्न चुनौति दिएको छ । बुधबार बिहान बसेको गठबन्धनको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको संविधानसभा बैठक अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आरोप छानबिन गर्न चुनौति दिएको हो । ओलीले गत असोजमा पनि बेपत्ता र सहिदका नाममा पैसाको बार्गेनिङ गरेर संसद् अवरोध गरेको प्रसंग निकाल्दै फेरि पनि संविधानसभा अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आशयको अभिव्यक्ति दिएका थिए । गठबन्धन प्रवक्ता प्रेमबहादुर सिंहले ओलीको अभिव्यक्ति अराजनीतिक गैरजिम्मेवार, भ्रामक, निराधार रहेकोे बताउँदै बैठकले खण्डन र भर्त्सना गरेको बताए । ‘उहाँको शारिरीकसँगै मानसिक असन्तुलन रहेकाले स्वास्थ्य उपचार गर्न सरकारसँग माग गर्ने निर्णय भएको छ, सिंहले ओलीप्रति व्यंग्य गर्दै ईकान्तिपुरसित भने,उहाँको स्वास्थ्य सामान्य प्रमाणित भएमा सथ्य तथ्य पत्ता लगाउन सरकारलाई छानबिन गर्न अनुरोध गर्न भनेका छौं ।’ ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाओवादीले सहिद तथा बेपत्ता परिवारका लागि पैसा दिने सहमतिलाई पार्टीले नै खाएकोजस्तो गरेर आरोप लगाएको बताएको थियो । बैठकले संविधानसभाको बिहीबार बोलाइएको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । ‘भोलि बोलाइएको बैठक यसअघि प्रतिवादन गरेकै बैठकको निरन्तरता हो,’ सिंहले भने, ‘विपक्षी दलले त्यसमा भाग लिंदैनन् ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै