नेभिगेशन
अन्य

बैंकबाट निकाल्नासाथ बानेश्वरबाट झण्डै १९ लाख लुटपाट

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको साथबाट झण्डै १९ लाख लुटेको छ । हृवाइट हाउस कलेज रहेको भवनमा रहेको ग्लोबल आईएमई बैंकबाट पैसा लिकालेर स्कुटरमा राख्न खोज्दा मोटरसाइकलमा आएको समूहले पैसा लुटेको हो । सिनामंगलमा चितवन मनिट्रान्फरकी सरस्वती आचार्यले बैंकबाट १८ लाख ८४ हजार ६३५ रुपैयाँ लिकालेकी थिइन् । ‘स्कुटरको चोबी खोलेर ब्याग राख्न खोज्दा मोटरसाइकलमा आएकाहरुले लुटेर लगे’ उनले भनिन्(‘चोर चोर भन्दै केही परेसम्म पुगेँ तर, बाइटको स्पीड भएका उनीहरु भागे । मैले नम्बर टिप्प पनि भ्याइँन ।’ उनलाई कसैले पिछा गरेर लुटेको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ । सरस्वतिले आफू नियमित रुपमा बैंकको उक्त शाखाबाट रकम निकाल्ने गरेको बताइन् । तर, कार्यालय समय भएकाले कसैले पछ्याएको थाहा नभएको बताइन् । लुटपाटमा संलग्न भएको आशंमामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर छानविन थालेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै