नेभिगेशन
अन्य

अपराध रोक्न मोबाइल ‘एप्स’

काठमाडौ । प्रहरीले राजधानीमा आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न नयाँ प्रविधि प्रयोग गर्ने भएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले काठमाडौं, ललितपुर र भक्तपुरवासीलाई लक्षित गर्दै अपराध नियन्त्रणका लागि मोबाइल सफ्टवेयर विकास गर्न थालेको हो । आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी( विज्ञानराज शर्माले एप्सको निर्माण चरणमा रहेको भन्दै दुई महिनाभित्र सञ्चालनमा आउने बताए । उनले भने, ‘अहिले सफ्टवेयर निर्माणको चरणमा छ, सफ्टवेयर सञ्चालनपछि पूर्ण जानकारी गराउनेछु ।’ आयुक्त कार्यालयका अनुसार माघभरमा सफ्टवेयर विकास भइसक्नेछ । कुनै स्थानमा घटना हुनेबित्तिकै नागरिकले आफ्नो मोबाइलको कुनै बटन थिचेमा आयुक्त कार्यालयदेखि महानगरीय प्रहरी परिसरका काठमाडौं, लतिलपुर, भक्तपुर र ती परिसर मातहतका प्रहरी युनिटमा जानकारी पुग्छ । त्यो जानकारीका आधारमा प्रहरी घटनास्थलमा छिटोभन्दा छिटो पुग्न माथिल्लो निकायसम्म सचेत रहने हुँदा आपराधिक घटनामा कमी आउने प्रहरीको विश्वास छ । प्रहरीको बौद्ध वृत्तका प्रहरी नायव उपरीक्षक मनोज केशीले एक वर्षअघि बौद्ध क्षेत्रका बासिन्दालाई लक्षित गर्दै घटनाहरूको जानकारी गराउने सफ्टवेयर लागू गरिसकेका छन् । त्यो एप्सको प्रभावकारितापछि प्रहरीका अन्य युनिटमा पनि त्यस्तै एप्स प्रभावकारी हुने भन्दै निर्माण गर्न सुझावहरू आइरहेका थिए । यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई वर्षअघि भाडाका ट्याक्सीमा हिँड्दा लाग्ने शुल्कको जानकारी एप्सबाटै दिन सुरु गरेको थियो । तर, सुरु भएको एक साता नबित्दै एप्सले काम गर्न छोडेको थियो । आयुक्त कार्यालयले सञ्चालन गर्न लागेको एप्समा त्यस्तो खराबी आउन नदिन सुरुमै सावधानी अपनाएको एक प्रहरी अधिकारीले बताए । हिमालय टाइम्स दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै