नेभिगेशन
अन्य

भ्रष्टाचार रोक्न प्रहरीलाई अध्यात्म र नैतिक शिक्षा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले भ्रष्ट प्रवृत्ति रोक्न सबै तहका प्रहरीलाई आचरण सुधार तालिम सुरु गरेको छ । अध्यात्म र नैतिक शिक्षा शीर्षकमा छुट्टै पाठ्यक्रम बनाएर प्रहरीलाई तालिम दिन थालिएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले अध्यात्म र नैतिक शिक्षाको पाठ्यक्रम बनाएको छ । हाल आधारभूत तालिम गरिरहेका प्रहरी निरीक्षकहरुबाट यस्तो तालिम सुरु गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी राजेन्द्रसिंह भण्डारीले बताए । ‘प्रहरीको तालिममा हामी आमूल परिवर्तन गरिरहेका छौं’, एआईजी भण्डारीले भने,‘त्यसैको एउटा भाग अध्यात्म र नैतिक शिक्षा पनि हो ।’ पाठ्यक्रममा नै नैतिक मूल्यमान्यता र आचारणको महत्वबारे सिकाइने उल्लेख छ । प्रहरीलाई आर्थिक लेनदेन हुने संगठनको आरोप लाग्ने गरेको छ । यो आरोप हटाउन र प्रहरीलाई सदाचारी बनाउने अभियानस्वरुप सुरुवातको तालिममै नैतिक आचरणको शिक्षा दिन थालिएको हो । नयाँ पत्रिकामा खबर छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै