नेभिगेशन
अन्य

एमाओवादी नआएपनि संविधान आउँछ : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलगायतका दल प्रक्रियामा नआए पनि नयाँ संविधान बन्ने बताएका छन् । प्रगतिशील प्राध्यापक सङ्गठनको नयाँ कार्यसमितिको पद हस्तान्तरणका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारका लागि नभई संविधान निर्माणको अग्रभागमा रहेर भूमिका निर्वाह गर्न अग्रसर रहेको स्पष्ट गरे । अध्यक्ष ओलीले भने, ‘प्रक्रिया अघि बढिसकेको छ, अब मुलुकले लोकतान्त्रिक संविधान पाउनेछ, एमालेले त्यसको अगुवाइ गर्नेछ ।’ उनले राष्ट्रिय एकता, मुलुकको समृद्धि, दीगो शान्ति, जातीय सद्भाव र सामाजिक रुपान्तरणका आधारमा नयाँ संविधान आउने पनि बताए । अध्यक्ष ओलीले जातीय पहिचानको राज्य पुनःसंरचना मुलुकलाई आवश्यक छैन भन्नेतर्फ प्राध्यापक र बुद्धिजीवीले पनि सामाजिक चेतना फैलाउन आग्रह गरे । कार्यक्रममा सङ्गठनका निवर्तमान अध्यक्ष विजयबहादुर सिलवालले नवनिर्वाचित अध्यक्ष डा यादवप्रकाश लामिछानेलाई पद हस्तान्तरण गरे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै