नेभिगेशन
अन्य

सरकारले प्रश्नावली निर्माण समितिमा हस्तक्षेप गर्न सक्दैन् : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रिया कुनै पनि हालतमा नरोकिने बताएका छन् । संविधान जारी गर्न दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालका तर्फबाट बुझाएको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री कोइरालाले प्रक्रिया रोक्ने हैसियत आफूसँग पनि नभएको बताए । उनले एमाओवादीको आन्दोलनको डर, धाक, धम्की र घुर्कीसँग डराएर संविधान निर्माण प्रक्रिया नरोकिने बताए । ‘संविधान लेखनमा उत्पन्न गरिएका अवरोधहरु सर्वत्र आलोचित र अस्वीकृत भइसकेका छन् । सहमति पनि नगर्ने सहमतिमा आउन आग्रह गर्दा घुर्की देखाउने ?’ कोइरालाले भने, ‘वार्ताका लागि मैले लचिलो भएर पार्टीभन्दा माथि उठेर देशको प्रधानमन्त्रीका नाताले गेट क्रस गरी प्रचण्डजीकहाँ गएँ । तर, उहाँले प्रश्नावली समिति खारेज गर्नुपर्ने सर्त राख्नुभयो । संविधान लेखन प्रक्रिया अगाडि बढिसक्यो । संविधान सभाले बनाएको प्रश्नावली निर्माण समिति रोक्ने म को हुँ ? प्रक्रिया संविधानसभाले शुरु गरेको हो, सरकारले होइन । मैले रोक्न सक्दिनँ । मलाई रोक्ने अधिकार पनि छैन । प्रचण्डजीले मसँग प्रश्नावली समिति खारेज गर्नुपर्छ भन्नुभयो । किन खारेज गर्ने ? म ससर्त वार्तामा बस्दिनँ । प्रक्रिया अगाडि बढिसक्यो ।’ अब ससर्त वार्ता नहुने र प्रक्रियामा गएरै भए पनि संविधान जारी गरेरै छाड्ने स्पष्ट कोइरालाले पारे । ‘सहमतिको राजनीतिबाट म पछि हट्दिन । तर त्यसका लागि प्रक्रिया रोक्ने शर्त मान्न सकिँदैन,’ वार्ताको सम्भावनाबारे सोधिएको प्रश्नमा प्रधानमन्त्रीले भने, ‘उहाँहरु वार्तामा नआए कहाँ जाने ? आन्दोलनमा जानेरु द्वन्द्वमा जाने ? बन्दुक बोक्न जाने ? संविधानसभा छाडेर गए एमाओवादीलाई जनताले नै घेर्ने उनको भनाइ थियो । सात वर्षसम्म सहमतिका नाममा समय खेर फालेकाले अब देश अनिर्णयको बन्दी बनिरहन नसक्ने प्रधानमन्त्रीले स्पष्ट पारे। संविधान निर्माण प्रक्रियामा गएर गल्ती भए नभएकोबारे जनतालाई सोध्न सुझाव दिए। माओवादीले उठाएको जातीय पहिचान र अधिकारका कुराहरु मिथ्या प्रचारमात्र रहेको टिप्पणी गरे। सामान्य नागरिकहरुलाई भड्काउने र देशलाई असहज स्थितिमा लानका लागि अनेकन हतकण्डा भइरहेको बताए । उनले भने, ‘लोकतान्त्रिक, समावेशी, पहिचानको अधिकारसहितको जनचाहना अनुसारको संविधानको सुनिश्चितता म गर्छु । तपाईंहरु ढुक्क हुनुहोस् ऋषि धमलाजी अब मुलुकले संविधान पाएरै छाड्छ प्रक्रिया अगाडि बढिसकेको छ पछाडि फर्किन्न ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै