नेभिगेशन
अन्य

युरोपेली दूतप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको आन्तरिक मामिलामा अनावश्यक चासो व्यक्त गरेको भन्दै कूटनीतिज्ञहरूप्रति सोमबार असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले यस्तो चासोलाई कूटनीतिक मर्यादा र प्रजातान्त्रिक अभ्यासविरुद्ध भएको भन्दै युरोपेली कूटनीतिज्ञहरुसँग असन्तुष्टि पोखेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा आफूलाई भेट्न आएका युरोपेली राजदूतहरुलाई सिधै प्रश्न गर्दैकोइरालाले लोकतान्त्रिक पद्धतिको विरुद्धमा बोल्दै हिड्ने यो कस्तो कूटनीतिक अभ्यास र मर्यादा हो भन्दै सचेत गराएका हुन् । दलहरूबीच संविधानका विवादित अन्तरवस्तुमा सहमति नभएपछि संविधानसभाको दुई तिहाइले प्रस्ताव पारित गरी संविधान निर्माण प्रक्रिया अघि बढाउन प्रश्नावली समिति गठन गरेको छ । सत्तारूढ कांग्रेस र एमालेले संविधानमा सहमति जुटाउन प्रतिपक्षसित वार्ता र संविधानसभाको प्रक्रिया सँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । संविधानसभाको दुई तिहाइले अघि बढाइसकेको प्रक्रियाका सट्टा अन्तर्राष्ट्रिय समुदायले प्रतिपक्षसित वार्ता र सहमति गर्न एकोहोरो आवाज उठाइरहेकोप्रति प्रधानमन्त्री आक्रोशित भएका हुन् । प्रधानमन्त्रीले नेपालमा समयको संवेदनशीलतालाई ख्याल गरेर राष्ट्रिय सन्दर्भ र प्राथमिकताका आधारमा काम भइरहेको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले बुझ्न आवश्यक भएको बताए । सत्तारूढ कांग्रेस र एमालेका नेताहरूको समेत आलोचना खेपिरहेका युरोपेली राजदूत आफ्नो धारणा स्पष्ट पार्न र पछिल्लो राजनीतिक अवस्था बुझ्न प्रधानमन्त्री निवास पुगेका हुन् । ुअन्तराष्ट्रिय समुदायले लोकतन्त्रको स्थायित्व, शान्ति प्रक्रिया र आर्थिक उन्नतिमा सहयोग गर्दै आउनुभएका तपाईंहरू नेचुरल पार्टनर प्राकृतिक सहयोगी हो । युरोपेली मुलुकमा लोकतन्त्रमा जसरी काम भएको छ । यहाँ हामी पनि त्यही अभ्यास गरिरहेका छौु प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले सञ्चारकर्मीसँग भने, ‘लोकतन्त्रको कुनै विशेषण हुदैन् । मानवअधिकार, स्वतन्त्रता, स्थायीत्व, समावेशी सबै यसैभित्र पर्छ । यसमा कुनै सम्झौता हुदैन । यसलाई सस्थागत गर्न यहाँहरुको सहयोगको अपेक्षा गरेका छौं ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै