नेभिगेशन
अन्य

श्रीस्वस्थानी व्रतकथा साङगे आज

काठमाडौं । गत पौष शुल्क पूर्णिमादेखि भन्दै र सुन्दै आएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आज साङगे हुँदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रीस्वस्थानीको अनुष्ठान गर्ने नेपाली परम्परा रहँदै आएको छ । संस्कृतिविद्का अनुसार श्रीस्वस्थानीको वर्णन नेपाल सम्वत् ६९३ मा नेपालभाषामा जयन्तदेवले ‘स्वस्थानी परमेश्वरीको व्रतकथा’मा उल्लेख भएको बताए । साङगेमा व्रतालुहरूले परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ । स्वस्थानी परमेश्वरीको शिलामूर्ति मखनटोलस्थित तारिणी बहालभित्र छ । शिवसहितको उक्त मूर्ति तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले नेपालसम्वत ७९४ मा स्थापना गरेका थिए । महिनायता राजधानीबाट १७ किमि उत्तर–पूर्वस्थित शंखरापुर (साँखु) मा रहेको शाली (मणिशैल) नदी किनारमा स्वस्थानीको व्रत बसिरहेका महिला तथा पुरुषहरूले पनि साङगे गर्ने परम्परा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै