नेभिगेशन
अन्य

पेट्रोलिय पदार्थको मुल्य फेरि घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि घटाएको छ । निगमले डिजेल र मट्टितेलमा डेढ रुपैयाँ तथा पेट्रोलमा दुई रुपैयाँ ५० पैसा मुल्य घटाएको हो । निगमले सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुने गरी नयाँ मूल्य तोकेको हो । घटेको भाउ अनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ८६ रुपैयाँ ५० पर्छ। यसअघि यी पदार्थको मूल्य ८८ रुपैयाँ प्रति लिटर थियो। यस्तै पेट्रोलको मूल्य प्रतिलिटर एकसय नौ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोलको मूल्य एकसय ११ रुपैयाँ ५० पैसा थियो । भारतीय आयल निगमबाट नयाँ मूल्य सूची प्राप्त हुने बित्तिकै मूल्य समायोजन गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार निगमले आइतबार नै भाउ घटाउनु पर्ने भएपनि भारतमा बिदा परेकाले सोमबारमात्रै मूल्य समायोजन भएको हो । निगमले असोज १३ गते यता हरेक १५÷१५ दिनको अन्तरमा पेट्रोलिमयम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । नयाँ मूल्य अनुसार निगमलाई अब ग्यासमा प्रतिसिलिन्डर ४० रुपैयाँ मात्रै घाटा छ । यसअघि यो घाटा बढेर ११ सय रुपैयाँसम्म पुगेको थियो । ग्यासमा घाटा उल्लेख्य रुपमा घटेसँगै निगमको नाफा भने बढ्ने देखिन्छ । निमगले गत महिना नाफाबाट ऋणका लागि ३४ करोड ८० लाख रुपैयाँ छुट्याएको थियो । निगमले खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरेको छैन । यसअघि निगमले यही माघ ४ गते पेट्रोलियम पदार्थको भाउ घटाएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै