नेभिगेशन
अन्य

संविधानसभाको बैठक माघ २२ गते

काठमाडौं । संविधानसभामा प्रश्नावली निर्माण प्रस्ताव समिति गठनसंगै अनिश्चित कालका लागि स्थागित गरिएको संविधानसभा बैठक माघ २२ गते विहिवार बस्नेभएको छ । संविधानसभाको बैठक माघ २२ गते विहिवार बस्ने संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभा सचिवालयले सुचना आज सुचना जारी गर्दै सवै सदस्यहरुलाई बैठकमा सहभागि हुनका लागि आग्रह गरिएको छ । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्धारा जारी गरिएको सुचनामा संविधानसभा नियमावली २०७० को नियम ३ को उपनियम २ बमोजिम सुचना प्रकाशित गरिएको जनाएका छन् । प्रश्नावली प्रस्ताव समिति निर्माण गर्दा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पाँच दिनपछि समितिको बैठक बस्ने र पहिलो बैठक बसेको पाँच दिन भित्र प्रश्नावली तयार पार्ने समय दिइएको थियो । प्रश्नावली प्रस्ताव समितिको दिइएको समय पनि विहिवार समाप्त हुँदैछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै