नेभिगेशन
अन्य

एसियाली विकास बैंकका अध्यक्ष नाकाओ राजधानीमा

काठमाडौँ । एसियाली विकास बैंक ९एडिबी० का अध्यक्ष ताकेहिको नाकाओ नेपालको तीनदिने औपचारिक भ्रमणमा आज राजधानी आएका छन् । एडिबीले नेपालमा आवासीय कार्यालय स्थापना गरेर यहाँको सामाजिक–आर्थिक विकासमा सघाउन थालेको २५औँ वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष नाकाओ नेपाल भ्रमणमा आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नाकाओलाई एडिबीको यहाँस्थित कार्यालयका देशीय निर्देशक किनिची योकोयामा, अर्थ मन्त्रालय र उक्त कार्यालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए । प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्द पोखरेलसँग आजै अध्यक्ष नाकाओले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित एडिबीको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...