नेभिगेशन
अन्य

राप्रपा नेपालद्वारा संविधान निर्माण प्रकृयाबाटै बाहिरिने चेतावनी

काठमाडौं । आइतबारको निर्णय नसच्याए राप्रपा नेपालले संविधान निर्माण प्रकृयाबाटै बाहिरिने चेतावनी दिएको छ। पार्टी अध्यक्ष कमल थापाले सोमबार पार्टीको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘हिजोको निर्णय नसच्याए हामी संविधान निर्माण प्रकृयाबाट बाहिरिन्छौं।’ थापाले निर्णय सच्याउन कांग्रेस एमाले नेतृत्वलाई आग्रह गर्दै नसच्याएको अवस्थामा संविधानसभा बैठक बहिष्कार गर्ने जानकारी दिए। आइतबार संविधानसभाले प्रश्नावली बनाउन गठन गरेको प्रश्नावली समितिमा विवाद भएर राप्रपा नेपालले प्रश्नावली समिति नै बहिष्कार गरेको थियो। सो समितिले बनाएको कार्यविधि निर्माण उपसमितिले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विषयमा पहिल्यै टुंगो लागिसकेकाले प्रश्नावली बनाउन नपर्ने निर्णय गरेको थियो । थापाले आफ्नो पार्टी संविधानसभाको चौथो शक्ति भएको र चौथो शक्तिले राखेको असहमतिमा संविधानसभा भित्र मतदान हुनुपर्ने धारणा राख्दै थापाले संविधान निर्माण प्रकृयाबाट बाहिरिए पनि संविधानसभाबाट भने बाहिरिने कुरा गरेनन्। संविधानसभाले गर्ने निर्णय आफूहरुले मान्ने र आफ्नो फरक मत जनतामा लैजाने थापाले उद्घोष गरे। मााघ ११ गते प्रस्ताव समिति गठन हुँदा राप्रपा नेपाल तटस्थ बसेको थियो तर सो पार्टीले समितिमा बस्न तीन जनाको नाम समेत दिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै