नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइरालाद्वारा संविधान विज्ञहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आज संविधान निर्माणका बारेमा संवैधानिक कानुनका विज्ञहरुसँग सल्लाह लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका प्रक्रियामा भएका संवैधानिक र कानुनी प्रावधानका बारेमा जिज्ञासा राखेको डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । कानुनविज्ञहरुले जनताबाट निर्वाचित भएर आइसकेपछि कसैले पनि संविधानसभा छोड्न नमिल्ने धारणा राख्दै जनताको सार्वभौम अधिकार सम्पन्न संविधानसभाले गठन गरेको प्रश्नावली समिति संविधान निर्माण प्रक्रियाको सुरुवातमात्र भएकाले कसैले पनि आत्तिन नहुने बताएका थिए । दुई तिहाई बहुमतको निर्णयलाई कसैले घुक्र्याएर केही नहुने भन्दै संवैधानिक कानुनका विज्ञहरुले संविधानसभाले आफ्नो कार्य निरन्तर अघि बढाउनुपर्ने सल्लाह दिएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफूले शान्ति प्रक्रियाको मुख्य हिस्सा रहेको विपक्षी दलहरु संविधानसभा बाहिर नजाओस् भनेर सहमति र वार्ताका लागि अथक प्रयास गरिरहेको जानकारी गराउँदै सहमतिका आधारमा नै संविधान निर्माण गर्न प्रयासमा रहेको बताए । छलफलमा कानुुनविद्हरु डा विपिन कोइराला, डा भीमार्जुन आचार्य, शेरबहादुर केसी, गणेश भट्टलगायत उपस्थित थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै