नेभिगेशन
अन्य

प्रश्नावली बनाउन उपसमिति गठन

काठमाडौं । संविधानसभाको प्रश्नावली प्रस्ताव निर्माण समितिले सहमति हुन नसकेका विषयमा प्रश्नावली मस्यौदा बनाएर पेश गर्न सोमवार उपसमिति गठन गरेको छ । एमालेका प्रमुख सचेतक अग्नि खरेलको संयोजकत्वमा गठित ९ सदस्यीय प्रस्ताव मस्यौदा उपसमिति गठन गरेको हो । उपसमितिले मंगलवार प्रश्नहरुको मस्यौदा बनाएर पेश गर्नेछ । उपसमितिमा कांग्रेसका रमेश लेखक, राधेश्याम अधिकारी, एमालेका श्रीमाया थकाली र कृष्णभक्त पोखरेल सदस्य छन् । त्यस्तै नेकपा मालेका सीपी मैनाली, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सभासद अतहर कमाल मुसलमान पनि उपसमितिमा सदस्य छन् । मंगलवार अपरान्ह ३ बजे प्रस्ताव समितिको बैठकमा खरेल संयोजकत्वको उपसमितिले प्रश्नावलीको मस्यौदा पेश गर्नेछ । गणतन्त्र, धर्म निरपेक्ष र संघीयताको असहमतिका विषयमा प्रश्नावली नबनाउने निर्णय भइसकेकाले अब बाँकी विवादित विषयमा मात्र प्रश्न बन्नेछ । प्रश्नावली प्रस्ताव समितिले निर्धारित ५ दिनभित्र काम नसकेमा समय थप्न सकिने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बताएका छन् । यहि अवधिमा दलहरुलाई सहमतिका लागि पर्याप्त अवसर रहेको उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै