नेभिगेशन
अन्य

आजबाट संविधानका विवादीत विषयमा नै प्रश्नावली बनाइने

काठमाडौं । संविधानका विषयमा भएका असहमतिका विषयमा प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिले आजदेखि प्रश्नावली निर्माणको काम सुरु गर्ने भएको छ । प्रश्नावली निर्माणका लागि आइतबार कार्यविधि पास गरेको समितिले आजदेखि नै प्रश्नावली निर्माणको काम अघि बढाउने तायरी गरेको हो । प्रश्नावली निर्माण लागि समितिको बैठक आज बिहान ८ वजे बोलाइएको छ । प्रश्नावली निर्माण गर्दा संविधानसभाको अघिल्लो संविधानसभाको प्रतिवेदन, अहिलेको संविधानसभाको अभिलेख अध्ययन तथा निक्र्यौल समितिले पहिचान गरेको सहमति र असहमतिका विषयलाई आधार बनाइनेछ । त्यसैगरी डा. बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा दलहरुले पेश गरेका साझा धारणा र सभासदले व्यक्तिगत रुपमा राखेका धारणालाई पनि प्रश्नावली निर्माणको आधार बनाइने नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिए । प्रश्नावली निर्माण गर्दा एमाओवादी, मधेशी दल लगायतका दलका धारणालाई पनि समेट्ने नेताहरुले बताएका छन् । संविधानसभामा रहेका सबैको अपनत्व हुने गरी प्रश्नावली निर्माण गरिने नेपाली कांग्रेसका सभासद गगन थापाले बताए । राप्रपा नेपालले भने गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विषयमा पनि प्रश्नावली बनाउनु पर्ने बताएको थियो । तर ती विषय अघिल्लो संविधानसभाको पहिलो बैठकले पारित गरेको र अन्तरिम संविधानमा नै व्यवस्था भएकाले पटक पटक पारित गर्न आवश्यक नभएको कार्यविधि गठन गर्न बनेको उपसमितिका संयोजक रमेश लेखकले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै