नेभिगेशन
अन्य

मध्यरातमा आगलागी हुँदा एकैपरिवारको चार जनाको मृत्य

धादिङ । धुन्सा–१ चरौंदिस्थित स्थानीय किशोरचन्द्र थपलियाको घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । आगलागीबाट किशोरचन्द्र थपलिया, उनीकी छोरी योजना, ज्वाइ अनिल जिसी, र नातीनी रोजेट जिसीको मृत्यु भएको छ भने घर पुरै जलेर नष्ट भएको छ । यस्तै आगलागीमा परि घाइते भएकी थपलियाको श्रीमती कर्णकुमारी घाइते भएकी छिन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । थपलियाको एक छोरा सुस्त भएको बताइएको छ । घरका सदस्य सुतिरहेकोबेला सोमबार विहान २ बजे आगो लागेको थियो । थपलियाको जस्ताले छाएको २ तले घरमा विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ । खाना पकाउने ग्यास सिलिण्डर पनि पड्कीएपछि धेरै क्षति भएको प्रहरीले जनाएको छ । आगो लागेको थाहा पाएलगत्तै गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी नेतृत्वको २५ जनाको प्रहरी टोली घटनास्थल गएको थियो । आगो निभाउन प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए । केहि दिनअघि काभ्रेको पनौतीमा आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै