नेभिगेशन
अन्य

अनुपस्थित दलका विचारसहित प्रश्नावली बनाइने

काठमाडौँ । संविधानको अन्र्तवस्तुमा देखिएकाअसहमतिलाई प्रश्नावली तयार गर्न संविधानसभाबाट गठित प्रस्ताव निर्माण समितिले आफ्नो कार्यविधी पारित गर्दै अनुपस्थित दल र सभासद्का विचार र मतलाई पनि प्रश्नावलीका रुपमा समेट्ने आधार तय गरेको छ । समितिद्वारा नेपाली काँग्रेसका सभासद् रमेश लेखकको संयोजकत्वमा गठित सात सदस्यीय उपसमितिले तयार गरेको सो कार्यविधीमा छलफलगरी भाषागत सुधारसहित पारित गरेको नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलले जानकारी दिए । समितिको अर्को बैठक सोमबार बिहान ८ ३० बजे बस्ने र त्यसले प्रश्नावली तयार गर्न अलगै उपसमिति गठन गर्न सक्ने उनले बताए । समितिमा आफ्नो पार्टीले उठाउँदै आएको राजतन्त्र र गणतन्त्र सम्बन्धी अवधारणाबारे प्रश्नावली बन्न नसक्ने गरी कार्यविधी ल्याइएको जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समितिको बैठकमा फरकमत राखी बहिष्कार गरेको छ । पारित नौबुँदे सो कार्यविधीमा ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष लगायत विभिन्न राजनीतिक दलको सहमतिमा निर्माण भएको नेपालको अन्तरिम संविधान, २०६३ ले प्रत्याभूत गरेका र पहिलो संविधानसभाको प्रथम बैठकबाट पारित भएका संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता रसमावेशीताको प्रतिकूल नहुने गरी असहमतिका विषयमा सैद्धान्तिक प्रश्नावली सहितको प्रस्ताव निर्माण गर्ने उल्लेख छ । समितिका सदस्य तथा वन मन्त्री महेश आचार्यले राप्रपा नेपालको फरक मतलाई प्रस्ताव समितिको प्रतिवेदनमा फरक मतका रुपमा समावेश गरी संविधानसभाका पठाउन सकिने र संविधानको पहिलो मस्यौदा तयार गरी जनतामा राय सुझावका लागि लैजाँदा सबै विचारलाई छलफलमा ल्याउन सकिने आधार हुँदाहुँदैब हिष्कार गर्नु दुर्भाग्यपूर्ण भएको बताए । नेपाली काँग्रेसका सभासद् गगनकुमार थापाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा असहमतिका विषय, अभिलेख तथानिक्र्यौल समितिले निक्र्यौल गरेका असहमतिका विषय, संवाद समिति र संविधानसभाका बैठकमा विभिन्न दल र सभासद्बाट व्यक्त विचारसहितका आधारमा सैद्धान्तिक प्रश्नावली तयार गरिने बताए । यही माघ २१ गतेसम्मको कार्यअवधि रहेको सो समितिले ज्येष्ठ सदस्य कुलबहादुर गुरूङकै अध्यक्षतामा कार्य अघि बढाउनेछ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नाविचारमा मतदान गर्न नपाउने स्थिति भएकाले प्रस्ताव समितिलाई बहिष्कारगरिएको र अब संविधानसभा र जनतामै आफ्ना धारणा लैजाने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै