नेभिगेशन
अन्य

राप्रपा नेपालद्वारा प्रश्नावली समिति बहिष्कार

काठमाडौं । संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका बारेमा जनमत संग्रहमा जाने प्रस्ताव अस्वीकृत भएपछि राप्रपा नेपालले प्रश्नावली प्रस्ताव समिति बहिस्कार गरेको छ । प्रश्नावली समितिको आइतवार सिंहदरवारमा बसेको बैठकमा राप्रपा नेपालले यी विषयमा जनताको अभिमत लिनुपर्ने र प्रश्नावलीमै राखिनुपर्ने माग गरेको थियो । तर कांग्रेस एमाले लगायतका अन्य दलले मुलुक संघीय गणतन्त्र र धर्म निरपेक्ष घोषित भइसकेकाले यस्ता विषयमा जनमत संग्रह नहुने बताउदै प्रश्नवालीमा यी विषय नसमेटिने बताएका छन् । आफूहरुलाई समितिमा निषेध गरिएको र प्रश्नवालीमा आफ्ना धारणा नसमेटिने भएपछि बहिस्कार गरिएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए । समितिमा राप्रपा नेपालका तीन सभासद छन् । यसैबीच प्रश्नावली समितिमा ३० दलीय मोर्चा छाडेका जनता दलका सभासद हरिचरण शाह आमन्त्रित सदस्यका रुपमा थपिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...