नेभिगेशन
अन्य

एमाओवादीले दाहाल, भट्टराई र श्रेष्ठलाई तोक्यो आन्दोलनका कमाण्डर

काठमाडौं । एमाओवादीले आन्दोलनका लागि पार्टिका शीर्ष नेताहरुलाई आन्दोलनको कमाण्डर तोकेको छ । आन्दोलनको तयारीका लागि एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठलाई तीन क्षेत्रको कमाण्डर तोकेको हो । यसलाई केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले पेश गरेका छन् । संविधानसभा अध्यक्षले प्रश्नावली प्रस्ताव समिति बहुमतका आधारमा बनाएपछि एमाओवादीले आन्दोलनका कार्यक्रम तय गरेको छ । आन्दोलनमा जनता नआएको निष्कर्ष सहित एमाओवादीले शीर्ष नेताहरुलाई नै आन्दोलनको कमाण्डर तोकेको हो । एमाओवदी आन्दोलतको मध्य क्षेत्रको कमाण्ड अध्यक्ष दाहाल आफैले गर्ने भएका छन भने पूर्वको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पश्चिमको वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कमाण्ड गर्ने भएका छन् । पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले अन्य नेताहरुको कार्यबिभाजनको प्रस्ताव समेत पेश गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै