नेभिगेशन
अन्य

प्रश्नावलीमा राख्ने बिषयका बारेमा विवादपछि उपसमितिको बैठक स्थगित

काठमाडौं । प्रश्नावली निर्माण प्रस्ताव समितिको कार्यविधी बनाउका लागि गठन भएको उपसमितिको बैठकमा प्रश्नावलीमा राख्ने विषयका बारेमा विवाद भएपछि बैठक स्थागित भएको छ । आइतबार बिहान बसेको बैठकमा राप्रपा नेपालले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताका विषयलाई पनि प्रश्नावलीमा राख्नुपर्ने माग गरेपछि विवाद भएको हो । प्रस्ताव निर्माण समितिको कार्यविधीको मस्यौदाको धारा ६ को ग मा रहेको ‘पहिलो संविधानसभाको पहिलो बैठकबाट पारित भएका संघीय लोकान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताको प्रतिकुल नहुने गरी असहमतिका विषयमा सैद्धान्तिक प्रश्नावली सहितको प्रस्ताव निर्माण गर्ने’ भन्ने वाक्यांशमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले असहमति जनाएका थिए । कांग्रेस, एमाले लगायतका दलले अन्तरिम संविधानमा नै उल्लेख भएर सबैले स्वीकार गरेको विषय भएकाले गणतन्त्र, धर्म्निरपेक्षता र संघीयताको विषय प्रश्नावलीमा राख्नु नपर्ने बताएका छन् । यस विषयमा विवाद भएपछि बैठक आइतबार नै दिउँसो सम्मका लागि स्थगित गरिएको छ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफुहरुको विषयलाई प्रश्नावलीमा उल्लेख नगरे नोट अफ डिसेन्ट लेख्ने प्रतिक्रिया दिएका छन् । संविधानका विषयमा सहमति र असहमतिका विषयलाई प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिको शनिबार बसेकाो बैठकले कार्य्बिधि बनाउन नेपाली कांग्रेसका सभासद रमेश लेखकको संयोजकत्वमा समिति बनाएको थियो । समितिले आइतबार कार्यविधी बनाएपछि प्रस्ताव निर्माण समितिको काम अघि बढ्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै