नेभिगेशन
अन्य

एसएलसीमा पाँच लाख ७२ हजार बिद्यार्थी सहभागी हुने

भक्तपुर । आगामी चैत ५ गते सुरु हुने प्रवेशिका परिक्षा (एसएलसी) मा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आंशिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने छन् । त्यसैगरी पूर्वाञ्चलबाट एसएलसी दिने विद्यार्थीको संख्या एक लाख ३५ हजार ३०५ छ भने मध्यमाञ्चलबाट एक लाख ७८ हजार ६६० विद्यार्थीले एसएलसी परीक्षा दिने भएका छन् । पश्चिमाञ्चलमा एक लाख एक हजार ७६१, मध्यपश्चिमाञ्चलमा ८६ हजार ७४८ र सुदूरपश्चिमाञ्चलमा ६९ हजार ६८८ विद्यार्थी एसएलसीमा सहभागी हुने कार्यालयले जानकारी दिएको छ । परीक्षाका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र छपाइ कार्य तीव्र पारिएको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी परीक्षाका लागि आवश्यक सामग्री जिल्ला–जिल्ला पठाउन थालिएको पनि कार्यालयले जानकारी दिएको छ । परिक्षा नियन्त्रण कार्यालयका अनुसार चैत ५ गते पहिलो दिन अनिवार्य अंग्रेजी, ६ गते अनिवार्य नेपाली, ८ गते अनिवार्य गणित, ९ गते विज्ञान, १० गते सामाजिक, ११ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १२ गते ऐच्छिक प्रथम र १३ गते ऐच्छिक दोस्रो विषयको परीक्षा हुने परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए । प्राविधिक शिक्षाको प्रयोगात्मक परीक्षा भने १६ गते सञ्चालन हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै