नेभिगेशन
अन्य

संविधानसभाबाटै समस्या समाधान : नेता देउवा

डडेल्धुरा । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले विपक्षी दलहरुलाई संविधानसभाभित्रै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आइतवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानका विषयमा रहेका विमतिहरुलाई संविधानसभाभित्रबाटै समाधान गर्न एमाओवादी सहितको विपक्षी मोर्चालाई आग्रह गरेका हुन । शान्ति स्थापना र संविधान जारी गर्न नदिने षडयन्त्र विपक्षी मोर्चाले गरिरहेको आरोप लगाउँदै उनले मोर्चाको आन्दोलनलाई सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गरे । माओवादीसहितको मोर्चा सहमतिमा नआए पनि दुई तिहाइबाटै संविधान जारी गर्ने उनको भनाई थियो । त्यसैगरी केही साताअघि डडेल्धुराको बागबजारमा भएको आगलागीको उनले निरीक्षण गरेका थिए । नेता देउवाले आगलागी पीडितहरुलाई सक्दो सहयोगका लागि पहल गर्ने आश्वासनसमेत दिएका छन् । पीडितहरुलाई भेट गर्न उनी बिहान आगलागीस्थल बागबजार पुगेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...