नेभिगेशन
अन्य

विधि र प्रक्रियाबाटै संविधान : उपप्रम सिंह

काठमाडौँ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रियाबाटै संविधान जारी हुने बताएका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३५औँ वार्षिकोत्सवको उदघाटन कार्यक्रममा बोल्दै सिंहले भने– ‘अघिल्लो संविधानसभा त्यत्तिकै गुमायाँै, अहिलेको संविधानसभाबाट जसरी पनि संविधान ल्याउनैपर्छ, सकेसम्म सहमति नभए विधि र प्रक्रियाबाट संविधान जारी गर्न यो संविधानसभा चुक्दैन ।’ उनले संविधानसभा नियमावली विधि र प्रक्रियाअनुरुप अघि बढ्दा विपक्षी दलले बाधाव्यवधान खडा गर्दा जनताको अपमान हुने भन्दै यसले उनीहरुलाई नै घाटा हुने विचार व्यक्त गरे । गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न क्याम्पसले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै उनले आजको प्रतिस्पर्धी जमानामा रोजगारमूलक गुणस्तरीय शिक्षाका लागि सरोकार भएकाहरुको ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रममा सभासद्द्वय सावित्रा भुसाल र विक्रम थापा तथा पूर्वमन्त्री होमनाथ दाहाल र पत्रकार देवेन्द्र गौतम तथा क्याम्पस प्रमुख अपराजिता अर्यालले विद्यालयले नारी शिक्षामा पहुँच अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...