नेभिगेशन
अन्य

आन्दोलन रोक्न एमाओवादीले १० अर्ब मागेको ओलीको खुलासा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई १० अर्ब दिए आन्दोलन पनि नगर्ने दाबी गरेका छन् । कान्तिपुरमा समाचार छ । एमाले पार्टी मुख्यालय बल्खुमा शनिबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको बैठकमा ओलीले भने–‘व्यवस्थापिका संसद रोकिएको थियो, त्यो खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुल्यो ।’ माओवादीले आर्थिक वर्षको अन्त्यमा भएको रकमान्तर रोक्नु पर्ने लगायतका माग गर्दै यसअघि संसद अवरुद्ध पारेको थियो । एमाओवादी पैसामा विक्ने पार्टी भएको भन्दै एमाले अध्यक्ष ओलीले अघि थपे–‘उसको त्यस्तै हुन्छ कुरा । ५ देखि १० अर्ब दिन्छु भने संविधानसभा चल्छ, बाहिर उफ्रन बन्द हुन्छ ।’ एमाले अध्यक्ष ओलीले एमाओवादीले संविधान बनाउन नचाहेको र राजनीतिका नाममा तमासा गरिरहेको बताए । उनले भने–‘संविधान बनाउने भएत बाहिर तोडफोड किन गथ्र्यो र ?’ संविधान निर्माण प्रक्रियामा अघि बढिसकेको भन्दै उनले अब नरोकिने बताएका छन् । सकेसम्म सहमतिमा गर्ने र नभए दुई तिहाई बहुमतका आधारमा संविधान जारी गर्ने ओलीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्