नेभिगेशन
अन्य

दुवै माओवादी केन्द्रीय समिति बैठकमा व्यस्त

काठमाडौं । सांगठनिक संरचना तथा पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल गर्न दुवै माओवादीको (एमाओवादी र बैद्य माओवादी) केन्द्रीय समितिको बैठक बस्दैछ । शनिवार स्थागित भएको एमाओवादी केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरीसडाडामा बिहान ११ बजेपछि बैठक बस्ने तय भएको छ । सहमतिका आधारमा संविधान जारी गर्न जनपरिचालनसहितको सडक संघर्ष गर्नका लागि सांगठनिक संरचनामा नै परिवर्तन गर्ने माओवादीको तयारी छ । एमाओवादीको केन्द्रीय कार्यालयको बैठकले पोलिटब्युरो, केन्द्रीय सदस्यहरूलाई प्रत्येक जिल्ला र क्षेत्रतहसम्म परिचालन गर्ने र जनतालाई सहमतिका आधारमा संविधान बन्न नसक्नुको कारण बारेमा जानकारी गराउने निर्णय गरेको थियो । यस्तै मोहन बैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको पूर्वनिर्धारित माघ ८ गते संविधान नबनेपछिको अवस्थामा पार्टीको आगामी रणनीति तय गर्न नेकपा–माओवादीको पूर्ण केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठकमा पार्टीको आगामी कार्यनीति, केन्द्रीय समिति विस्तार, क्रान्तिकारी पार्टीबीच एकता लगायत विषयमा छलफm हुने बताइएको छ । पार्टी विभाजन भई सचिव नेत्रविक्रम चन्द पक्षले छुट्टै पार्टी गठन गरेपछि रिक्त रहेको केन्द्रीय समितिलगायत पदमा बैठकले पूर्णता दिने तयारी गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै