नेभिगेशन
अन्य

प्रश्नावली समितिको पहिलो बैठक सकियो, कार्यविधि तयार पार्न उपसमिति गठन

काठमाडौं । प्रश्नावली निर्माणका लागि गठन भएको प्रस्ताव निर्माण समितिको बैठकले कांग्रेस सभासद रमेश लेखकको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको छ ।प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीसहित विपक्षी १९ दलको विरोधका बाबजुद गठन भएको प्रस्ताव निर्माण समितिको शनिवार बसेको पहिलो बैठकले उपसमिति गठन गरेको हो । आइतबार दिउँसो एक बजे बस्ने समितिको पूर्ण बैठकमा कार्यविधि लेखक संयोजकत्वको उक्त समितिले कार्यविधि तयार पारेर पेश गर्नेछ । यसअघि नै विरोध जनाएका एकीकृत माओवादीसहितका १९ दल भने समितिको उक्त बैठकमा सहभागी भएन । ७३ सदस्यीय भनिएको प्रस्ताव निर्माण समितिमा ४९ जना सदस्य छन् । माघ ११ गते बसेको संविधानसभाको बैठकमा विपक्षी दलको नाराबाजीकाबीच सभामुख सुभाष नेम्वाङले समितिमा रहेका ४९ जनाको नाम पढेर सुनाएका थिए । संविधानका अन्तर्वस्तुमा सहमति नभएका विषयलाई प्रश्नावली बनाएर संधिवानसभामा पेश गर्ने अधिकार पाएको समितिले काम थालेको पाँच दिनभित्र आफ्नो काम पुरा गर्नु पर्नेछ । समितिको अध्यक्षता जेष्ठ सदस्यको हैसियतले कांग्रेस सभासद् कुलबहादुर गुरुङले गरेका थिए । समितिको बैठक २० मिनेट मात्रै बसेको थियो । आफूहरुको असहमतिका बाजबुद समिति गठन गरिएको भन्दै एमाओवादीसहितका दलहरुले संविधानसभाका समितिहरुको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै