नेभिगेशन
अन्य

प्रश्नावली समिति बैठक तयारीबारे काँग्रेस–एमालेबीच छलफल

काठमाडौ । संविधानसभाको प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको बैठकको तयारीका लागि गठित प्रमुख सत्तारूढ दल काँग्रेस र एमाले सम्मिलित कार्यदलले आज शीर्ष नेतालाई आफ्नो तयारीबारे अवगत गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सो समितिको कार्यविधी, आफ्ना पार्टीगत तयारीलगायत विषयमा कुराकानी भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले सञ्चारकर्मीलाई बताइन् । दुई दलले सो समितिका कार्यअघि बढाउने सम्बन्धमा काँग्रेसबाट पूर्णबहादुर खड्का र रमेश लेखक तथा एमालेबाट भीमबहादुर रावल र अग्नि खरेल सम्मिलित कार्यदल गठन गरेको थियो । यही माघ ११ गते एमाओवादी नेतृत्वको मोर्चाका सभासद्को विरोधका बीच संविधानसभाले संविधानका विवादित अन्तर्वस्तुमा प्रश्नावली तय गर्न सो प्रश्नावली समिति गठन गरेको थियो । समितिको पहिलो बैठक आजै अपराह्न १ बजे बस्दैछ । समितिमा एमाओवादी र मधेसकेन्द्रित दलले सहमतिमा संविधान बन्नुपर्ने माग गर्दै आफ्ना नामावली दिएका छैनन् । एमाले उपाध्यक्ष भण्डारीले नामावली प्राप्त नभए पनि नेपालको अन्तरिम संविधान, २०६३ को मर्मबमोजिम समितिका कार्य अघि बढ्ने र सहमतिको प्रक्रिया पनि निरन्तर जारी रहने बताइन् । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भण्डारीलगायत सहभागी थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै