नेभिगेशन
अन्य

क्यान इन्फोटेकमा एकैदिन ७१ हजार बढी अवलोकनमा

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल÷इन्टेल बाई नियोटेरिक नेपाल’ प्रदर्शनीको शुक्रवार एकैदिन ७१ हजार ३३९ जनाले अवलोकन गरेका छन् । क्यान इन्फोटेकको तेस्रो दिन विशिष्ट व्यक्तित्वदेखि उच्च सरकारी अधिकारी एवम् कूटनीतिक नियोगका पदाधिकारीलेसमेत अवलोकन गरेका छन् । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पान्डे र नेकपा एमाले केन्द्रीय कमिटी सचिव प्रदिप ज्ञवालीले प्रदर्शनी भ्रमणमा पछिल्लो संस्करणका धेरै प्रविधि र उपकरणका बारे जानकारी लिएका थिए । क्यान महासङ्घको आयोजनामा भएको क्यान इन्फोटेक प्रदर्शनीमा अवलोकनकर्ता बढ्दै गएका छन् । पहिलो दिन ४७ हजार ५३१ र दोस्रो दिन ५१ हजार ७३५ जनाले अवलोकन गरेको क्यान महासङ्घका महासचिव अमृत पन्तले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...