नेभिगेशन
अन्य

उखु किसानले एक वर्षमा पनि भुक्तानी पाएनन्

पथरी । उखु बिक्री गरेको रकम एक वर्ष पुग्दा पनि भुक्तानी नपाएपछि मोरङका उखु किसान निरास भएका छन् । सुनसरीको अमाही बेलामा रहेको इस्टन सुगर मिलले एक वर्षअघि खरिद गरेको उखुको मुल्य किसानलाई भुक्तानी नगरेपछि उखु खेती गर्दै आएका मोरङका किसान निरास भएका हुन् । चिनी मिलले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी नगरेपछि उखुको मुल्य नपाएको भन्दै चिन्तित भएको मोरङ कदमाहाका किसान भोला शर्माले बताए । मिलले हरेक वर्ष उखुको रकम किसानलाई भुक्तानी गर्न झमेला गरेपछि किसान उखु लगाउने काम छोड्ने मनस्थितिमा पुगेको शर्माको भनाइ छ । यहाँका किसानका लागि उखु बिक्री गर्ने इस्टन चिनी मिलमात्र भएका कारणले किसान समस्यामा पर्ने गरेको उखु किसान विन्देश्वर यादवले बताए । मिलका प्रमुख उखु प्रबन्धक सुरेस मेहताले भुक्तानी दिन ढिलो चाँडो हुने भए पनि किसानले रकम भने पाएको दाबी गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्