नेभिगेशन
अन्य

एडिबीका अध्यक्ष नाकाओ नेपाल आउदै

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष ताकेहिको नाकाओ नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आउँदैछन् । एडिबीले नेपालमा आवासीय कार्यालय स्थापना गरेर सामाजिक–आर्थिक विकासमा सघाउन थालेको २५ औं वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष नाकाओको नेपाल भ्रमण हुन लागेको हो । प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्द पोखरेल, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा युवराज खतिवडा तथा नेपाल सरकारका वरिष्ठ अधिकारीहरूसँग अध्यक्ष नाकाओले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपालस्थित एडिबीको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...