नेभिगेशन
अन्य

एडिबीका अध्यक्ष नाकाओ नेपाल आउदै

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष ताकेहिको नाकाओ नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आउँदैछन् । एडिबीले नेपालमा आवासीय कार्यालय स्थापना गरेर सामाजिक–आर्थिक विकासमा सघाउन थालेको २५ औं वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष नाकाओको नेपाल भ्रमण हुन लागेको हो । प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्द पोखरेल, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा युवराज खतिवडा तथा नेपाल सरकारका वरिष्ठ अधिकारीहरूसँग अध्यक्ष नाकाओले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपालस्थित एडिबीको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्