नेभिगेशन
अन्य

दाहाललाई सहमतिका आउन प्रधानमन्त्री कोइरालाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहाल निवास लाजिम्पाट गई बाह्रबुँदे समझदारीदेखिको सहयात्रालाई निरन्तरताका लागि सहमतिमा संविधान लेख्नुपर्नेमा जोड दिए । सहिद दिवसका अवसरमा सहिदप्रति सम्मान तथा श्रद्धाञ्जलि अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगेका प्रधानमन्त्री कोइराला आफ्नो सरकारी निवास बालुवाटार पmर्कने क्रममा अध्यक्ष दाहाल निवासमा पुगेका थिए । अध्यक्ष दाहाल नेता डा बाबुराम भट्टराई र सचिव वर्षमान पुनलगायतका नेताहरूसँग पार्टीको आन्तरिक बैठकको तयारीमा भएका बेलामा एक्कासी प्रधानमन्त्री प्रवेश गरेपछि उनीहरु अलमलमा परेका थिए । करिब आधा घण्टा भएको उक्त भेटमा अध्यक्ष दाहालले सहमतिको वातावरणको सुनिश्चिता नभएसम्म वार्तामा नआउने धारणा राखेको बताइएको छ । प्रधानमन्त्री कोइरालाले यसअघि पनि दुईपटक अध्यक्ष दाहाललाई टेलिफोन गरी सहमतिका लागि पहल गरिसकेका थिए । काँग्रेस, एमालेलगायत संविधानसभामा रहेका १० दल र दुई सभासद्को संयुक्त बैठकले एमाओवादी र मधेसी मोर्चालाई सहमतिका लागि वार्तामा आउन आह्वान गरेको थियो । भेटबारे जानकारी दिँदै एमाओवादी सचिव वर्षमान पुनले भने “प्रधानमन्त्री कोइरालाले सहमतिकै आधारमा संविधान निर्माण गरौँ, तपाइँ हामी शान्ति सम्झौताका पक्षधर नै मिलेर संविधान बनाउनुपर्छ भन्नुभयो ।” त्यसका लागि वार्ता र संवादमा आउन प्रधानमन्त्री कोइरालाले आग्रह गरेपछि जवाफमा एमाओवादी अध्यक्ष दाहाले भने बहुमतीय तरबार घाटीमा राखेर वार्तामा बस्न नसकिने धारणा राख्नुभएको पुनले बताए । उनका अनुसार अध्यक्ष दाहालले ठूलो पार्टीको प्रधानमन्त्रीको हैसियतले कोइरालाले नै सहमतिमा नै संविधान लेख्ने सुनिश्चिता नगरेसम्म वार्तामा बस्न राम्रो न पनि नहुने र त्यसको कुनै औचित्य नरहने बताएका थिए । भेटमा संविधानसभाबाट सहमतिका आधारमा संविधान बनाउन आफूहरू तयार रहेको अध्यक्ष दाहालले प्रक्रिया नभई सहमतिका आधारमा संविधान बन्छ भन्ने विश्वास दिलाउन प्रधानमन्त्री कोइरालालाई आग्रह गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै