नेभिगेशन
अन्य

संविधानसभाबाट नेम्वाङले २५ लाख, दाहालले २० लाख लिए

काठमाडौ । संविधान निर्माणका लागि एक वर्षको अवधिमा राज्यको १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ । दलहरुले प्रतिवद्धता जाहेर गरेअनुसार १ बर्षमा संविधान जारी हुन नसकेपनि विभिन्न शिर्षकमा रकम खर्च भएको हो । सभासद्हरुको तलबभत्ता, बैठक संचालन भएको दिनको खाना, स्टेशनरी, संविधानसभा भवनको भाडा लगायतमा एक वर्षमा एक अर्ब १३ करोड रुपैयाँ खर्च भएको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । संविधानसभा र संसद् अन्र्तगतका समितिका सभापतिहरुले यो अवधिमा १५ लाख ५७ हजार ७ सय ५६ रुपैयाँका दरले सुविधा लिएका छन् । त्यसैगरी, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले २५ लाख ५३ हजार ३ सय ६०, उपाध्यक्ष ओनसरी घर्तीले २१ लाख ४६ हजार ३ सय ८० र विपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २० लाख १० हजार ५ सय १६ रुपैयाँ लिएका छन् । यसैबीच, समयमै संविधान जारी गर्न नसकेका सभासद्हरुले भने पछिल्लो समय पेश्की लिने क्रम बढेको छ । यससम्बन्धमा भने सचिवालयले सुचना बाहिर ल्याएको छैन । प्रवक्ता मुकुन्द शर्मा नियमसंगत नै सभासद्हरुले ३ महिनासम्मको पेश्की लिन सक्ने बताए । समाचार कान्तिपुरले छापेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै